मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
खबर एक्सप्रेस
२०७८-०१-०६ ०१:०४ मा प्रकाशित
Total Shares: 212
काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ।
प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
फेसबुक पेज Like गर्नुहोस