काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त थियो। सोही स्थानमा सप्तरीकी अन्सारीलाई सिफारिस गरेको हो।

.gif)



