‘मिस्टर सुप्रा स्टार-२०२१’ को उपाधि मिस्टर नेपाल डा.उपाध्यायलाई
काठमाडौं - ‘मिस्टर सुप्रा स्टार-२०२१’ को उपाधि मिस्टर नेपाल–२०१९ का विजेता डा.सन्तोष उपाध्यायले जितेका छन् ।
मिस्टर सुप्रा स्टार-२०२१ को उपाधि जितेसंगै उक्त प्रतियोगिताका आयोजकले डा.उपाध्यायलाई मिस्टर सुप्रानेशनल नेपाल–२०२१ को उपाधि समेत प्रदान गरेको छ ।विभिन्न ३७ देशका प्रतियोगी सहभागी भएको यो प्रतियोगितामा डा.उपाध्याय विजयी भएका हुन् ।
प्रतियोगितामा विजयी भएसंगै उनले आगामी अगष्ट-सेप्टेम्बर महिनामा पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता-२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । डा.उपाध्याय उक्त प्रतियोगिताको टप २०, टप १२, टप ६ हुँदै टप ३ सम्म पुगेका थिए ।
उत्कृष्ट तीनबीच सोमबार भएको भर्चुअल प्रतियोगिताको अन्तिम चरणमा नेपालका डा.उपाध्यायलाई आयोजकले विजेता घोषणा गरेको भिडियो सन्देश पठाएका छन् । डिजिटल राउण्डको अन्तिम तीनमा उनीसंगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी थिए ।
अनलाइन भोटिङमार्फत छानिने यो प्रतियोगितामा निर्णायकहरुले ४० प्रतिशत र भोट मार्फत ६० प्रतिशत निर्णय हुने नियम थियो ।
डा.उपाध्यका अनुसार उनलाई निर्णयकले सर्वाधिक २० प्रतिशत मत दिए थिए भने भोटमार्फत उनले २७ प्रतिशत भोट पाएका छन् ।
यो प्रतियोगिताका लागि उनले शरीरको तौल घटाउनुका साथै आफूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अगाडि बढाउन निकै मेहनत गरेको बताएका छन् । मिस्टर सुप्रा न्यासनल पुरुषहरुको मुख्य प्याजेन्ट हो, जुन हरेक वर्ष पोल्यान्डमा आयोजना हुने गर्दछ ।
यो प्रतियोगिता सन् २०२० मा कोरोनाका कारण हुन नसके पनि यो वर्ष जुलाई–अगस्टमा पोल्यान्डमा हुनेछ ।
लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका डा.उपाध्याय पेशाले चिकित्सक हुन् । उनले सन् २०११ मा त्रिभुवन विश्वविद्यालयको इन्टिच्यूट अफ मेडिसिनमा एमबिएिस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा १५ औं स्थान हासिल गर्न सफल भएका थिए ।
त्यही वर्ष महाराजगञ्जस्थित टिचिङ अस्पतालमा छात्रवृत्तिमा एमबिबीएसको अध्ययन थालेका डा.उपाध्यायले अध्ययन पुरा भएपछि अछामको कमलबजारमा १५ महिना सम्म मेडिकल अफिसरको रुपमा काम गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस