सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्चः खतराको बत्ती बल्याे, सबै ढोका खाेल्न भारतद्वारा अस्विकार
काठमाडौैं - निरन्तरको अविरल वर्षासँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २ लाख ३० हजार ३५५ क्युसेक पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो । पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले हाल कोसी व्यारेजका ५६ मध्ये ३० वटा मात्र ढोका खोलेको छ । ४० ढोका खोल्न अनुरोध गर्दा भारतले नमानेको बताइएको छ।
पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दा त्रसित भएका छन् । नदी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । हाल उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस