काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय र अन्य नेताबीचको छलफल सकिएको छ । बालुवाटारमा आइतबार बिहान १० बजेदेखि बसेको बैठक भर्खरै सकिएको स्रोतले जनाएको छ ।

छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल, केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र एक ओली पक्षका नेता सहभागि थिए । यद्यपी, बैठकमा भएको कुरा भने खुलाइएको छैन । तर, दुबै अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमत भएको बताइएको छ । 

यसअघि गत दाहाल र  ओलीबीच गत मंगलबार बालुवाटारमा सामान्य कुराकानी भएको थियो । उक्त दिन पार्टीले बोलाएको स्थायी कमिटीको बैठकमा सहभागी हुन पुगेका प्रचण्ड र खनालले बैठक स्थगित भएपछि ओलीलाई भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई उक्त बैठकमा स्थगित नगरी सहभागी हुन अनुरोध गरे पनि उनी सहभागी भएका थिएनन् । बैठकमा ओली सहभागी नभएपछि प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्यहरु बैठक बसेका थिए । बैठकले एकलौटी रूपमा ओलीले बैठक रोक्नु विधानविपरीत भएको बताएका थिए ।

सोही दिन साँझ करिब ७ बजे प्रधानमन्त्री ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसीपाटी पुगेका थिए ।