काठमाडौं - स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौंको ठमेलबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार उनीहरूलाई बिहीबार बिहान काठमाडौं महानगरपालिका–१७ स्थित स्नोलाइन होटलबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल ४ हजार २१५ र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम बरामद गरेको छ ।

.gif)



