काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकमा आकासे पुल
खबर एक्सप्रेस
२०७६-११-२६ ०७:५३ मा प्रकाशित
Total Shares: 635
काठमाडौं - काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ ।
संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो ।
नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस