सरकारमा नजाने रास्वपाको निर्णय,समर्थन पनि फिर्ता
खबर एक्सप्रेस
२०८०-०१-२२ ०७:३१ मा प्रकाशित
Total Shares: 74
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन प्रयास जारी राखेको थियो। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो।
रास्वपाको सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सांसद पद गएको थियो। त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन।
फेसबुक पेज Like गर्नुहोस