पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-१६ ०४:४२ मा प्रकाशित
Total Shares: 347
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप २३ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
योसँगै मृत्यु हुनेको संख्या ९ सय ६० जना पुगेको छ। आइतबार देशभर पछिल्लो २४ घण्टायता कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन्।
आजको पिसिआर १३ हजार २३ रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस