काठमाडौं - जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यो क्षेत्रलाई ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र नेकपा एमाले निकट युवा संघले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए। तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।