प्रचण्ड-नेपाललाई मैले नै दिएको हो बहुमत, हटाउन पनि सक्छु : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् ।
पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने बताउँदै यस्तो चेतावनी दिएका हुन् ।
नेकपाको बहुमत केन्द्रीय सदस्य प्रचण्ड-नेपाललाई आफूले नै दिएको ओलीको भनाई छ । ‘उनीहरुले भनिरहेका छन् । हामीसँग केन्द्रीय कमिटीको बहुमत छ । मैले नै दिएको बहुमत हो । पार्टी एकताका लागि, देश बनाउनको लागि दिएको । कुनै चुनावबाट आएको हो र त्यो ?’ ओलीले भने । ‘तर उनीहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’
उनले आफूले चाहे प्रचण्डनेपाललाई कारबाही गरेर हटाउन सक्ने पनि बताए । ‘जुन हातले नाम लेखेको हो त्यो हातले काट्न सक्छ ।’ उनले भने, ‘नियुक्ति दिनेले फिर्ता गर्न सक्छ । मैले बहुमत राख्न सक्थेँ । म त अध्यक्ष नै थिएँ ।’
देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको बताए ।
फेसबुक पेज Like गर्नुहोस