प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौ - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गरिनेछ ।
यस्तैगृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्नेछन् ।
यस्तै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिुको प्रतिवेदनको विभिन्न बुँदा र विधेयकका दफा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस