काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा एक हजार एक सय रुपैंयाँ घट्दै ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।