जोटाको गोलमा लिभरपुल विजयी
खबर एक्सप्रेस
२०७७-१२-०३ १०:०१ मा प्रकाशित
Total Shares: 287
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।
लिभरपुलको जितमा डिएगो जोटाले गरेको गोल नै निर्णायक बन्यो । उनले डियो मानेको पासमा पहिलो हाफमा इन्ज्युरी समयमा गोल गरेका थिए ।
खेलको ८६औं मिनेटमा मोहमद सलाहले गोल गरेपनि मान्यता पाएन । खेलमा वुल्भ्सका गोलकिपर रुई प्याट्रिसियोको टाउको चोट लागेपछि मैदान छाड्न बाध्य बनेका थिए ।
जितसँगै लिभरपुलले लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई कायमै राखेको छ । लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा छ । पराजित वल्भ्स ३५ अंक जोडेर १३औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस