प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद
खबर एक्सप्रेस
२०८०-०४-०७ ०८:३१ मा प्रकाशित
Total Shares: 129
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।
संवादका क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका च्या च्युनलाई न्यानो स्वागत गरेका थिए । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस