थप ५९ जनामा कोरोना पुष्टि, एकको मृत्यु
खबर एक्सप्रेस
२०७७-११-२५ ०५:०९ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १२ पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८७० रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस