काठमाडौं,एजेन्सी - प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई १–० गोलले पराजित गरेको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन अलेक्जेन्ड्रे लाकाजेट्टीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलका लागि खेलको ६६ औं मिनेटमा अलेक्जेन्ड्रेले गरेको गोल नै जितको लागि पर्याप्त बन्यो ।

लिगमा खराव प्रदर्शन गरिरहेको आर्सनलको यो लगातार दोस्रो जित हो । जितसँगै १६ खेलबाट २० अंक जोडेको आर्सनल तालिकाको १३ औं स्थानमा छ । पराजित ब्राइटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।