अष्ट्रेलियासँग ८ विकेटले हार्यो भारत
काठमाडौं, एजेन्सी - पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ । जितसंगै चार म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
दोस्रो दिनको अन्तिमसम्म मजबुद देखिएको भारत तेस्रो दिन ९० मिनेटमै समेटियो । भारतले ९ विकेट गुमाएर मात्र ३६ रन बनायो । मोहमद शामी चोट बोक्दै मैदान छाडेका थिए ।
अष्ट्रेलियाले जितका लागि मात्र ९० रनको लक्ष्य पाएको थियो । घरेलु टोलीले मात्र दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
स्टिभ स्मिथले १ र जो बनर्सले ५१ रनमा अविविजत रहे । तेस्रो दिन भारतीय टिमले २७ रन बनाउन ८ विकेट गुमाएको थियो । अष्ट्रेलियाका जोश हेजलउडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।
भारतीय टिमका कोहीपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । मयाङ्गा अग्रवालले सबैभन्दा बढी ९ रन बनाए ।
बिहारीले ८ रन बनाएको खेलमा चेतेश्वर पुजारा, आजिक्या रहाणे, रविचन्द्रन आश्विनले खातै खोल्न सकेनन् । कप्तान विराट ४ रनमा आउट भए ।
पहिलो ईनिङ्समा भारतीय टिमले २ सय ४४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले १ सय ९१ रन मात्र बनाउन सक्यो । शुक्रबार ५३ रनको अग्रता लिएको भारतीय टिमले तेस्रो दिनमै खेल अष्ट्रेलियालाई सुम्पिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस