काठमाडौं,एजेन्सी - अभिनेता अर्जुन रामपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले यसको जानकारी सामािजक सञ्जालमार्फत दिएको हुन् ।

उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलशनमा बसेको समेत जानकारी दिएका छन् ।  आफुलाई आवश्यक पर्ने सबै मेडिकल केयर लिइरहेको समेत उनले जानकारी दिएका छन् ।

उनले कोरोनाविरुद्ध सबै मिलेर लड्नुपर्ने समेत बताएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् । संक्रमितले उपचार पाउन सकिरहेका छैनन् । अक्सिजनको अभाव भएको छ । स्वाथ्य क्षेत्र अस्तव्यस्त नै भएको अधिकारीहरुले जनाएका छन् ।