काठमाडौं,एजेन्सी -  कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलमा युभेन्ट्सले जित हात पारेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले इन्टर मिलानलाई २-१ले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै घरेलु टोली इन्टरलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता जोगाउन भने सकेन । २६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले गरेको व्यक्तिगत दोस्रो गोल नै युभेन्ट्सलाई जितको लागि पर्याप्त बन्यो । सेमिफाइनलको दोस्रो लेग १० फेब्रुअरीमा हुनेछ ।