काठमाडौं - आज देशको सुदुर पश्चिमी भू-भाग लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडि भु-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशको पुर्वी भू-भाग लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।