काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलको सेमिफाईनलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाल र श्रीलंकाबीचको सेमिफाईनल खेल साँझ ७ बजे सुरु हुनेछ । नेपाल आज श्रीलंकालाई हराउँदै ईतिहास रच्ने दाउमा छ । सागमा नेपाल कास्य पदक भन्दा माथि उक्लिन सकेको छैन । श्रीलंकालाई हराए कम्तिमा रजत पदक पक्का गर्नेछ ।

श्रीलंका पनि नेपाललाई पाखा लगाउँदै स्वर्ण को दाबेदार बन्ने लक्ष्यमा छ ।दक्षिण एसियामा भारत र श्रीलंका नेपाल भन्दा बलिया टिम हुन् । तर यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपालले श्रीलंकालाई हराएको थियो ।

पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भारतसंग पराजित भएको थियो ।यसखेल अघि, आजै हुने पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स साँझ ५ बजे खेल्दैछन् ।