काठमाडौंमा पनि देखियो सलह
खबर एक्सप्रेस
२०७७-०३-१६ ०७:५४ मा प्रकाशित
Total Shares: 362
काठमाडौं - काठमाडौंमा पनि सलहको बथान देखिएको छ ।
मंगलबार काठमाडौंको क्षेत्रपाटी, बसन्तपुर, ठमेल, न्युरोड, नागार्जुन, रानीवनलगायत क्षेत्रमा सलह देखिएको हो । सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँका अनुसार काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको छ ।
मन्त्रालयले जेठ २४ गते नेपालमा सलहको प्रवेश तत्कालका लागि टरेको बताएको थियो । तर, सरकारको दाबीलाई झुटो सावित गर्दै सलह फट्यांग्राको बथान शनिबार नेपाल छिरेको थियो।
भारतको बिहार हुँदै सलह तराईंका जिल्लामा प्रवेश गरेको थियो । सुरुमा रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुरमा सलह देखिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस