एमालेले मंसिर १४ देखि 'मध्यपहाडी लोकमार्ग अभियान' चलाउने
खबर एक्सप्रेस
२०८०-०७-२२ ०४:५५ मा प्रकाशित
Total Shares: 235
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ ।
पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ ।
अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।
बैठकले जाजरकोट भूकम्पको क्षतिप्रति दु:ख व्यक्ति गर्दै राहत, पुनर्स्थापनाको पारदर्शीता र प्रभावकारिताका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस