रक्षा बन्धनमा सुशान्त सिंहकी दिदीले सार्वजनिक गरिन यस्तो भावुक तस्बीर
काठमाडाैं - स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतका तीन दिदीहरुका लागि रक्षाबन्धन कठिन बनिदियो किनकी उनीहरुले राखी लगाइदिने भाइ अब यस दुनियाँमा छैनन् । यस्तोमा अभिनेताकी दिदीश्वेता सिंह किर्तिले भाइसँगका आफ्ना बाल्यकालका तस्विर शेयर गरेकी छिन् ।
उनले इन्स्टाग्राम एकाउन्टमार्फत सुशान्त सिंह राजपूतसँगको बाल्यकालको एक तस्विर सार्वजनिक गरेकी हुन् । तस्विरमा साना सुशान्तले दिदी स्वेताको हात समातेका छन् । यससँगै श्वेताले लेखेकी छिन्ः लभ यु भाइ। हामी साथमै रहनेछौं ।
यो तस्विर सार्वजनिक भएसँगै सुशान्तका फ्यानहरुले फेरि एकपटक उनको याद गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्,‘सुशान्त हाम्रो मनमा रहनेछन् ।’
अघिल्लो वर्ष पनि श्वेताले सुशान्तको याद गर्दै उनको बाल्यकालको तस्विर सार्वजनिक गरेकी थिइन् । जहाँ, सुशान्तले दिदीलाई राखी लगाइदिएको देखिन्थ्यो। सुशान्त आफ्नी दिदीसँग निकै नजिक थिए । ४ जून २०२० मा अभिनेताको मृत्यु भएपछि श्वेताले उनका लागि न्याय दिलाउन लडाँइ लडिरहेकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस