बंगलादेश वायुसेनाको विमान कलेज क्याम्पसमा दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु
काठमाडौं - सोमबार बंगलादेशको वायुसेनाको प्रशिक्षण विमान ढाकाको एक कलेज र विद्यालय क्याम्पसमा दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ विभिन्न अन्तर्र्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।
५० भन्दा बढी व्यक्ति सवार उक्त बिमानमा धेरैजसो बालबालिका र वयस्कहरू समावेश छन् । यो दुर्घटना ढाकाको उत्तरी क्षेत्र उत्तराबाट स्थित मिलस्टोन स्कुल र कलेजमा भएको अधिकारीहरूले बताएका छन्।
"बंगलादेश वायुसेनाको F-7 BGI प्रशिक्षण विमान उत्तरामै दुर्घटनाग्रस्त भएको हो। विमान दिउँसो १:०६ मा उडेको सेना जनसम्पर्क विभागले विज्ञप्तिमा जनाएको छ।
दुर्घटनापछिको भिडियोमा एउटा ठूलो आगलागी देखिएको थियो, जसबाट बाक्लो धुवाँ आकाशमा उडिरहेको थियो, भीडले टाढाबाट हेरेको देखिन्थ्यो।

.gif)




फेसबुक पेज Like गर्नुहोस