प्रजातन्त्र स्थापनापछि नै नेपाल नयाँ युगमा प्रवेश : सभापति देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २००७ फागुन ७ मा प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् ।
७०औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रेस वक्तव्यमार्फत उनले फागुन ७ नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका छन् । २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले बताए ।
विज्ञप्तिमा उल्लेख छ, ‘प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो ।’ यसले जातजाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको सभापति देउवाले उल्लेख गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस