बर्नलीमाथि वेस्ट ह्यामको पूनरागमन जित
खबर एक्सप्रेस
२०७८-०१-२१ ०८:४० मा प्रकाशित
Total Shares: 269
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २-१ले पराजित गरेको हो ।
खेलको १९औं मिनेटमा क्रिस वुडले पेनाल्टीगोलमार्फत गोल गर्दै घरेलु टोली बर्नलीलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम रहन सकेन ।
त्यसको २ मिनेटमै मिचेल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई खेलमा फर्काए । २९औं मिनेटमा एन्टेनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्टह्यामलाई २–१ को जित दिलाए ।
जितसँगै वेस्ट ह्याम ३४ खेलबाट ५८ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित बर्नली ३६ अंकसहित १६औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस