कोरोनाका कारण नेपालमा थप ७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-१५ ०४:३२ मा प्रकाशित
Total Shares: 572
काठमाडौं - कोरोनाका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण नेपालमा १ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस