काठमाडौं - प्रहरीले विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउने तयारी गरेको छ ।

भक्तपुर निवासी कर्माचार्यलाई महानगरीय प्रंहरी वृत्त बानेश्वरले शनिबार पक्राउ गरेको थियो ।

शिक्षिका कर्माचार्यले भक्तपुरको जडीबुटीस्थित जागृति एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै हात चिरेर यातना दिएको खुलासा भएपछि उनलाई एकेडेमीले अवकाश दिनुको साथै पक्राउ परेकी थिइन् ।

ब्लेडले हात चिर्न लगाएको पाइएपछि अभियुक्त कर्माचार्यविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रवक्ता होविन्द्र बोगटीले बताए ।