संखुवासभामा एकै परिवारका ५ जना मृतावस्थामा फेला
काठमाडौं, संखुवासभा - संखुवासभामा एकै परिवारका ५ जना मृत र एक जना गम्भीर घाईते अवस्थामा फेला परेका छन् ।
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्किको परिवारका ५ जना मृत अवस्थामा फेला परेको मेयर बिदुर लिङ्थेपले जानकारी दिए । मृत्यु हुनेमा कार्कीसहित निजकी श्रीमती कमला कार्की, बुहारी रन्जना कार्की, नाति दिपेन कार्की र नातिनी गोमा कार्की छन् । उनीहरुकाे शव रगताम्मे अवस्थामा घर भन्दा ५० मिटर परको दुरिमा फेला परेको स्थानिय यमकुमार कार्कीले जानकारी दिए ।
कार्किकी आमालाई भने घर नजिकैको गोठमा गम्भिर अवस्थामा फेला पारिएको छ । मृतक कार्की घर नजिकैको सडकमा, श्रीमती र बुहारीको शव घर नजिकै खोलामा र बालबालिकाकाे शव घर नजिकै खरबारीमा फेला परेको हो ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खादबारी, प्रहरी चौकी, ओखरभोटे र अस्थाई प्रहरी पोस्ट, चौकीबाट प्रहरी परिचालन गरिएको छ । घटनास्थल नगरपालिका केन्द्रबाट ४ घण्टाको पैदल दुरिमा पर्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस