आईपीएल: दिल्ली र हैदरावाद भिड्दै
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगशालामा ७:४५ बजे हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौं स्थानमा रहेको हैदरावादले चुनौती दिन लागेको हो । आजको खेल आफ्नो पक्षमा पार्दै दिल्ली प्ले अफमा पुग्न चाहन्छ भने हैदरावादको भने प्ले अफमा पुग्ने सम्भावना झण्डै सकिएको छ ।
दिल्ली श्रेयस लेयरको कप्तानीमा ऋषभ पन्त, पृथ्वी श, शेखर धवन, मार्कुस स्टोनिस, कागिसो रवडालगायतका खेलाडीको साथमा उत्कृष्ट लयमा छ ।
हैदरावाद डेविड वार्नरको कप्तानीमा केन विलियन्स, जोन वेरिस्ट्रो, राशिद खानलगायतका अनुभव खेलाडीका साथ मैदान उत्रिदैँछ ।
हेड टु हेडको आंकडा हेर्दा हैदरावाद बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका १६ खेलमा १० मा हैदरावाद र ६ मा दिल्ली विजयी भएका छन् । पछिल्लो खेलमा हैदरावादले दिल्लीलाई १५ रनले हराएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस