मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०८०-०९-०६ ०३:५५ मा प्रकाशित
Total Shares: 115
विराटनगर-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका छन् ।
मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताए। प्रधानमन्त्रीले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
फेसबुक पेज Like गर्नुहोस