काठमाडौं,एजेन्सी - युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै युभेन्ट्स फाइनलमा पुगेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । तर, पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो । त्यसकै आधारमा युभेन्ट्स उपाधि नजिक पुगेको हो ।

अब युभेन्टसले उपाधिका लागि नेपोली र एटलान्टाबीचको विजेतासँग २० मेमा प्रतिस्पर्धा गर्नेछ ।