काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।