राष्ट्रिय सभा निर्वाचन : १८ पदका लागि आज मतदान
खबर एक्सप्रेस
२०७६-१०-०९ ११:०० मा प्रकाशित
Total Shares: 465
काठमाडौं - राष्ट्रिय सभा सदस्यको आज (बिहीवार) हुने मतदानका लागि सातै प्रदेशमा मतदाताको चहलपहल शुरू भएको छ ।
मतदानका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका मतदाताहरू सम्बन्धित प्रदेशको निर्वाचन केन्द्रमा आउने क्रम बढेपछि चलहपहल शुरू भएको हो ।
निर्वाचन आोगले बिहीवार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकेको छ ।
सातवटा प्रदेशका प्रदेशसभा सदस्य जम्मा ५५० र स्थानीय तह सदस्यतर्फ एक हजार ५ सय ६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेका छन् ।यस निर्वाचनमा एक जना प्रदेश सभा सदस्यको मतभार १८ कायम गरिएको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस