सुन अहिलेसम्मकै महँगो, कति छ आजको मूल्य ?
खबर एक्सप्रेस
२०७६-०४-१७ ११:०० मा प्रकाशित
Total Shares: 985
काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य अहिलेस्ममकै महँगो मूल्यमा कारोरबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँ सुनको मूल्य निर्धारण गरेसँगै अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो। बुधबार ६५ हजार ४ सय भएको मूल्य घटेर बिहीबार ६५ हजार पुगेको थियो।
तर, शुक्रबार एकै दिन आठ सय बढेको हो। तेजाबी सुन पनि मूल्य बढेको छ। बिहीबार ६४ हजार ७ सय रुपयाँ प्रतितालामा कारोबार भएकोमा शुक्रबार प्रतितोला ६५ हजार ५ सय पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ। स्थिर रहेको चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस