काठमाडौं - आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ। 

सुनको भाउ आज तोलामा १ हजार ९ सय र चाँदीको भाउ ४० रुपैयाँले बढेको हो।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख लाख ८४ हजार रुपैयाँ पुगेको छ। 

शुक्रबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेर २ लाख ८२ हजार १ सयमा झरेको थियो।  त्यसैगरी चाँदीको भाउ आज ४ हजार २४० रुपैयाँ निर्धारण भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।