इजरायली रासायनिक प्लान्टमा इरानको मिसाइल आक्रमण
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 44
एजेन्सी - इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना) मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ ।
यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ । आक्रमणमा एक व्यक्ति घाइते समेत भएका छन् ।
यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो ।
हमलापछि अधिकारीहरूले आसपासका बासिन्दाहरूलाई घरभित्रै रहन र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्, किनकि प्लान्टमा खतरनाक रसायनहरू मौज्दात छन् ।
अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ । युद्ध झनै तनावपूर्ण बन्दै गएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस