काठमाडौं - संस्कृतिविद् सत्यमोहन जोशीको उपचार भइरहेको छ । छातीमा समस्या देखिएपछि जोशीको ललितपुरस्थित किष्ट अस्पतालमा उपचार भइरहेको हो ।

१०२ वर्षका जोशीको बुधबारबाट किष्टमा उपचार भइरहेको हो । जोशीलाई निमोनिया भएको बताइएको छ । उनको क्याबिन डिलक्समा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ ।

उनलाई कोरोनाको संक्रमण भने देखिएको छैन ।