स्पेन र नेदरल्याण्ड बराबरीमा रोकिए
खबर एक्सप्रेस
२०७७-०७-२७ ०७:४९ मा प्रकाशित
Total Shares: 460
काठमाडौं,एजेन्सी - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन नेदरल्यान्डसँग बराबरीमा रोकिएको छ ।
बुधबार राति नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।
नेसन्स लिगको तयारीमा रहेका दुबै टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका हुन् ।
खेलको १८ औं मिनेटमा स्पेनलले अग्रता लिएको थियो । मोराटाको पासमा सर्जिओ क्यानालेसले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
तर, ४७ औं मिनेटमा नेदरल्यान्डका डोनी भान डे बीकले गोल गर्दै खेल बराबरीमा ल्याए ।
उनले विजन्डलको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस