अन्तिम १६ बाटै बाहिरियो बार्सिलोना
काडमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै स्पेनिस क्लब बार्सिलोना बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)स्ँग १-१को बराबरीमा रोकिएपनि समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरीएको हो ।
घरेलु मैदानमा खेलको ३१औं मिनेटमा केलियन केलियन एमबाप्पेले पेनाल्टी गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३७औं मिनेटमा कप्तान लियोनेल मेस्सीले एक गोल फर्काए पनि बार्सिलोनाको हार टार्न सकेनन् ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुके । पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो लेगमा बार्सिलोना ४-१ ले पराजित भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस