काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा पेश भएको छ।

सभापति लामिछानेसहित प्रतिवादीहरू विरूद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको हो । अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ ।