संघीय मन्त्रालयहरूको संख्या घटाइयो, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा रहने
काठमाडौं - संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या १८ वटा कायम गरिने भएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १८ मा झारेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय मात्रै रहनेछन् ।
सरकारले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गाभ्ने वा खारेज गर्ने तयारी गरेको छ । खेलकुदलाई शिक्षा मन्त्रालयसँग गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ भने युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी क्षेत्रलाई समेटेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गर्ने तयारी छ।
यसैगरी खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गरी ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइने सरकारको तयारी छ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम अब मानव संशाधन मन्त्रालय हुने भएको छ । गाभिएका तथा खारेज भएका मन्त्रालयहरूको विवरण राजपत्रमा प्रकाशित गरिनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस