काठमाडौं - राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् । 

यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन । 

राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजना प्रगति प्रतिवेदन २०७५–७६ ले आव २०७५–७६ सम्ममा भौतिक प्रगति ४४ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ४५ प्रतिशत मात्र देखाएको छ ।

 नेपाल समाचारपत्रबाट