अस्पतालले भन्यो– प्रधानमन्त्रीको पिसाबमा संक्रमण देखिएन, आजै होलान् त 'डिस्चार्ज' ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमण भएको आशंक गरिएपनि पिसाब कल्चरको रिपोर्ट सामान्य आएको छ ।
निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार कल्चरको रिर्पोटमा प्रधानमन्त्रीको पिसाबमा कुनै संक्रमण देखिएको छैन । प्रधानमन्त्रीलाई पिसाबको संक्रमण देखिएको हुन सक्ने आशंका गर्दै चिकित्सकहरूले ४८ घण्टाअघि उनको पिसाब जाँच गर्न पठाएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीको शरीरमा केरिटिनिनको स्तर सामान्य रहेपनि उनको पिसाब केही टर्बिङ –हेदाृ सफा नभएर केही बाक्लो देखिने० देखिएपछि चिकित्सकले संक्रमणको आशंका गरेका थिए ।
कल्चरको रिपोर्ट आएपछि शुक्रवार बिहानको राउन्डपछि ओलीलाई डिस्चार्ज गर्ने या अस्पतालमै राख्ने भन्ने निर्णय गरिने डा। शाहले बताइन् । उनका अनुसार कल्चरको रिपोर्टसँगै बिहीवार अन्य परीक्षणको रिपोर्ट पनि सामान्य आएको छ ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा पनि मन्त्रिपषिद् बैठकलगायत अन्य भेटघाटका लागि विशेष प्रकारको व्यवस्था मिलाउन केही समय लाग्ने भएकाले प्रधानमन्त्रीको डिस्चार्ज मिति केही पछि धकेmिएको जानकारी दिइएको थियो ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस