काठमाडौं,एजेन्सी - हर्टअट्याकका कारण दक्षिण भारतीय फिल्मका अभिनेता विवेकको निधन भएको छ । ५९ वर्षिय अभिनेताको हर्टअट्याकका कारण मृत्यु भएको हो । अप्रिल १६ मा उनलाई हर्टअट्याक भएको थियो ।

उनलाई चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । उनले १५ अप्रिलमा कोरोना भ्याक्सिन लगाएका थिए । 

उनले दक्षिण भारतीय फिल्ममा रजनीकान्त, कमल हसन, बिक्रम लगायत चर्चित स्टारहरुसँग काम गरेका थिए । उनको भुमिका प्राय फिल्ममा कमेडी चरित्रको हुने गथ्र्यो ।