चिहानबाट किशोरीको शव निकालेर अभियुक्त पक्राउ गर्ने इन्सपेक्टर सम्मानित
सर्लाही - हरिवनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलराज गिरी मंसिर महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । हरिवनमा भएको एउटा अपराधको सफल अनुसन्धान गरेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गएको मंसिर महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको हो ।
मलंगवामा आयोजिक एक कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले इन्सपेक्टर गिरीलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन् । हरिवन नगरपालिका– ११ बालगंगाकी १७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा गिरीले सफल अनुसन्धान गरेर अभियुक्तलाई कानूनको कठघरामा ल्याएका थिए । उक्त अपराधको सफल अनुसन्धान गरेका कारण उनलाई पुरस्कृत गरिएको एसपी धितालले बताए ।
बालगंगा निवासी शेष ईर्सादकी छोरी १७ वर्षीया खातुनको केही समयअघि हत्यापछि गुपचुप रुपमा परिवारका सदस्यले शव घर नजिकैको चिहानमा लगेर गाडेका थिए । प्रहरी अनुसन्धानको क्रममा खातुनको हत्यामा उनकी आमा सकिना खातुन र शेष चाँद भनिने शेख मिर हमजाको संलग्नता खुलेको छ । उनीहरु दुवै यतिबेला पुर्पक्षको लागि कारागारमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस