जसपा यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं - आज दिउँसो जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने कार्यकारिणी सदस्य प्रदिप यादवले बताए ।
हिजो (सोमबार) निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष यादव समूहको बैठक बस्ने भएको हो । बैठकमा महन्थ ठाकुर समूहलाई पनि बोलाइएको नेता यादवले जानकारी दिए ।
तर, उक्त बैठकमा सहभागी हुनेर नहुने विषयमा ठाकुर पक्ष आन्तरिक छलफलमा रहेको बताइएको छ । ठाकुर पक्षसँग पार्टीमा मिलेर अघि बढ्ने वा अर्को दल दर्ता गर्ने भन्ने दुई वटा विकल्प रहेकोले यसै बिषयमा छलफल गर्दैछ ।
आधिकारिकता पाएपछि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई गल्ती स्वीकारेर वा आत्म आलोचना गरेर आए पार्टीमा ठाउँ रहेको बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस