काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको बयान आज पनि हुँदै छ। महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुन लागेको हो।

महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो। बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक बताउँदै आएका छन्।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए। त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका छन्।